Kathmandu Press

सामूदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह

‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ। बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ।’
सामूदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह

काठमाडौं, भदौ २० : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए।

‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ। बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ।’

उनले शिक्षा प्रणालीमा आएको परिवर्तनप्रति प्रकाश पार्दै विगतको तुलनामा अहिले शैक्षिक क्षेत्र धेरै फरक भइसकेको उल्लेख गरे। ‘पहिला विषयहरू कम थिए, स्कूल पनि थोरै थिए, अहिले भने मल्टिपल च्वाइसहरू छन्,’ उनले भने, ‘शिक्षामा आएको यो परिवर्तन राजनीतिक परिवर्तनको परिणाम हो।’

गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए। उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए।

‘क्वालिटी एजुकेशन लिनका लागि अब हामीले विदेश नै जानुपर्छ भन्ने छैन। तर मेहनत बिना केही सम्भव छैन मेहनत हामी सबैले गर्नैपर्छ,’ उनले भने, ‘अनुशासनमा बसेर प्राप्त गरेको अवसरहरुको महत्वलाई विद्यार्थीहरुले बुझ्नुपर्छ।’
 
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, भदौ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्