वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री
‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन। हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ,’ उनले लेखेकी छन्।
काठमाडौं, भदौ २० : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन्।
शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पारेकी हुन्। उनले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतामा बन्देज लगाउनु नभएको बताउँदै, अधिकारसँगै कर्तव्य पनि महत्वपूर्ण हुने बताएकी छन्।
‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन। हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ,’ उनले लेखेकी छन्।
झाँक्रीले पशुपतिनाथको दर्शनलाई उदाहरण दिँदै नियमनको पक्षमा तर्क प्रस्तुत गरेकी छन्।
‘मानौं, पशुपतिनाथको दर्शन गर्न पाउनु नागरिकको अधिकार हो। तर हजारौं मान्छेलाई दर्शन गर्न सहजताका लागि कानुनबमोजिम पशुपति विकास कोष र त्यहाँ क्रियाशील संस्थाहरूले बनाएको नियम मान्नु सबै दर्शनार्थीको कर्तव्य हुन्छ । बनाइएको लाइनमा बसेर तोकिएको गेटबाट मात्र दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि,’ उनले भनिन्।
उनले वाक स्वतन्त्रता भए पनि त्यसको नाममा गालीगलौज गर्न नपाइने भन्दै सामाजिक सञ्जाल नियमनको आवश्यकता औंल्याएकी छन्।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढ्दो घृणा, गलत सूचनाको प्रसार र व्यक्तिगत आक्षेपलगायत विषयले सार्वजनिक चासो बढाएको छ। यस्तो परिवेशमा झाँक्रीको टिप्पणीलाई धेरैले समर्थन तथा आलोचना दुबै दृष्टिकोणबाट हेरिरहेका छन्

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
