Kathmandu Press

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

काठमाडौं, भदौं २० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ । यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’

सरकारको निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी खोसिने भन्दै उनले उक्त कदम तरुन्त सच्याउन माग गरेका छन् ।
 
प्रकाशित मिति: ०८:३१ बजे, शुक्रबार, भदौ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्