Kathmandu Press

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 
सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ, भदौं २० : सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । 

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 

Hardik ivf

सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । 

सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्