Kathmandu Press

संसदीय सुनुवाई समिति सभापतिमा खतिवडा सर्वसम्मत 

सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहीबार तोकेको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो। सचिवालयले उम्मेदवारीका लागि बिहीबार २ बजेदेखि ४ बजेसम्मको समय तय गरेको थियो। 
संसदीय सुनुवाई समिति सभापतिमा खतिवडा सर्वसम्मत 

काठमाडौँ, भदौ १९ : संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन्। 

सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहीबार तोकेको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो। सचिवालयले उम्मेदवारीका लागि बिहीबार २ बजेदेखि ४ बजेसम्मको समय तय गरेको थियो। 

खतिवडाले सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गडवडी प्रकरणमा यसअघि राज्यव्यवस्था समितिको सभापतिबाट राजीनामा दिएका थिए। 

तोकिएको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेका कारण सुनुवाई समितिको सभापतिमा निर्विरोध बनेका हुन्। खतिवडा सभापति निर्वाचित भएको घोषणा भने शुक्रबार सवा ५ बजे बस्ने समिति बैठकमा गरिने भएको छ। 

यसअघि सुनुवाई समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् । 

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्