Kathmandu Press

संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता

बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन्। संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ। 
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन्। 

बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन्। संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ। 

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि कांग्रेसले उनलाई सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो। 

यसअघि कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त रहेको थियो। 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्