सुचिकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन
आज मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई तत्काल निस्क्रीय बनाउने निर्णय गरेको हो।-1756983545.jpg)
काठमाडौं, भदौ १९ : सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पुर्ण समाजिक सञ्जाल प्ल्याटफर्महरु क्रमश निस्क्रीय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ।
यसका लागि मन्त्रालयलले दुरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।
आज बिहिबार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई तत्काल निस्क्रीय बनाउने निर्णय गरेको हो।
सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्व्यन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन्।
‘सर्वोच्च अदालतको प्रधानन्यायाधिशसहितको इजलासले अदालतको अपहेलना सम्बन्धी मुद्धा नं २०८० सिइएफ ००१२मा स्वदेशि तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जालहरुलाई अनिवार्य रुपमा सम्बन्धित निकायमा सूचिकरण गराउने नेपाल सरकारले आदेश दिएको छ,’ उनले भनेको छ, ‘उक्त आदेश पालना गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ भदौ ९ मा गरेको निर्णय अनुसार नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्महरु सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्ल्याटफर्मको सूचिकरणको लागि तोकिएका कागजातसहित सात दिनभित्र निवेदन दिनुपर्ने छ।’
मन्त्रीका अनुसार सरकारकाले पटक पटक सुचना जारी गरि जानकारी गराउदा पनि प्ल्याट फर्महरुले आँटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो।
‘सूचिकरण गर्न एक पैसा पनि लाग्दैँन् । हाम्रो उदेश्य सधैलाई बन्द गर्न खोजिएको होइन। उनीहरु सम्पर्कमा आउना साथ पुन सुचारु हुनेछ। सुचिकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन। समय लाग्ला भनेर स्वनियमनको लागि हामीले सूचना जारी गरेका थियौं,’ उनले भने, ‘पहिला महिना, दोस्रो महिना, तेस्रो महिना कोही आएन त्यसपछि फेरि कुटनीतिक माध्यमबाट कुराकानी गर्ने प्रयास गरेका थियौं। त्यसमा पनि उनीहरु सहमत भएन, उनीहरुले नेपालको संविधान, नीति नमान्ने जस्तो ठूला ठूला कुरा पनि गरे, यो कुराहरु पनि हामी सहेकै थियौं । अत्ति भईसके पछि हामीले यो निर्णय गरेका हौं।’
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचिकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सुचिकृत हुने प्रक्रियामा रहेको जानकारी दिए।
‘मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्महरु बढी सक्रिय रुपमा प्रयोग भएका छन्। तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्ल्याटफर्म बन्द हुन सक्छन्,’ उनले भने, ‘त्यसमा टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचिकृत भइसकेको र टेलिग्राम तथा ग्लोबल डाइरी सुचिकृत हुने प्रक्रियामा रहेको छ।’

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
