इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन्।
काठमाडौं, भदौ १९ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन्।
विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन्।
‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्ला भएकाले नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको छ,’ उनले भने, ‘तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिएको छ।’
उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन्।
मन्त्री दहालले प्रदेश कार्यालयबाट जडानमा सहजताको लागि उक्त कार्यालयमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको एवम सेवाग्राही तथा सवारी धनीहरुको सहजताको लागि आवश्यकता अनुसार थप प्रबन्ध समेत गर्दै लागिएको पनि जानकारी दिए।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
