Kathmandu Press

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय

आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने फेसबुकलगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ १९ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।  

आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने फेसबुकलगायत २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

Hardik ivf

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो।

अब सूचीकरणमा आउने सामाजिक सञ्जाललाई दर्ता गरेर मात्रै खुल्नेछ। मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।

बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्रकाधिकरणका अधिकारीलगायतको उपस्थिती रहेको थियो। सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई एक साताको समयसीमा गएराती सकिएको थियो।

हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । अरु बाँकी सबै सामाजिक सन्जालहरू बन्द हुनेछन् ।


 

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्