Kathmandu Press

सामाजिक सञ्जाल सूचीकरणको म्याद सकिएपछि सञ्चार मन्त्रालयमा बैठक

सकारले जारी गरेको सूचनामा दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने भनिएको थियो। 
सामाजिक सञ्जाल सूचीकरणको म्याद सकिएपछि सञ्चार मन्त्रालयमा बैठक

काठमाडौं, भदौ १९ : सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको म्याद बुधबार मध्यरातबाट सकिएसँगै थप निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ।

फेसबुक लगायतका सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले ७ दिने समय तोकेको थियो । सकारले जारी गरेको सूचनामा दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने भनिएको थियो। 

अहिले सञ्चार मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्का, नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठक बसिरहेका छन्। बैठकपछि सामाजिक सञ्जाल निष्क्रिय गर्र्ने वा के गर्ने भन्ने बिषयमा एउटा टुंगो लाग्ने छ। 

तोकिएकोसमयसिमा बुधबमरसम्म फेसबुक, एक्स, वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन्। 

ती सामाजिक सञ्जालका कम्पनीलाई सञ्चार मन्त्रालयले इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गर्दा पनि सूचीकरणमा नआएका हुन्। 

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, भदौ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्