Kathmandu Press

भारतीय प्रधानन्यायाधीश आज नेपाल भ्रमणमा आउँदै 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल भ्रमणमा आउन लागेका हुन्। 
भारतीय प्रधानन्यायाधीश आज नेपाल भ्रमणमा आउँदै 

काठमाडौं, भदौ १९ : भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई विहीबार नेपाल भ्रमणमा आउँदै छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल भ्रमणमा आउन लागेका हुन्। 

Hardik ivf

भारतीय प्रधानन्यायाधीश गवई आज अपराह्न ४ बजे इन्डियन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका रहेको छ। 

उनी दुई दिनसम्म नेपालमा रहने छन्। गवई ‘नेपाल इन्डिया जुडिसियल डायलग’ कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् । कार्यक्रम भदौ २० र २१ गते दरबारमागर्गस्थित याक एण्ड यति होटलमा तय भएको छ । 

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्