जीएसआई सहमतिबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद राणा
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने बताउँदै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने बताए।
काठमाडौं, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको कुरा बाहिर आएको भन्दै यस विषयमा स्पष्टिकरण दिन माग दिन गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने बताउँदै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने बताए।
‘प्रधानमन्त्रीले चीन भ्रमणमा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको छ भन्ने कुरा आयो। असल नीतिबाट फरक हो। यस्तो कुरा भएको छ भने नेपालमा आउने दिनमा घातक हुनेछ । यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट गर्नुपर्छ,’ उनले भने।
त्यस्तै उनले प्याबसनले उठाएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरे।
प्रकाशित मिति: १४:२० बजे, बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
