Kathmandu Press

खतिवडालाई सुनुवाई समिति सभापति बनाउने कांग्रेसको तयारी 

निजामती सेवा विधेयकको कुलिङ पिरियड विवादमा परेपछि संसदीय छानविन समितिको खतिवडालाई जिम्मेवार ठहर्याएको थियो। त्यसपछि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए। 
खतिवडालाई सुनुवाई समिति सभापति बनाउने कांग्रेसको तयारी 

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाईसंसदीय सुनुवाई विशेष समितिको सभापति बनाउने तयारी भएको छ। 

निजामती सेवा विधेयकको कुलिङ पिरियड विवादमा परेपछि संसदीय छानविन समितिको खतिवडालाई जिम्मेवार ठहर्याएको थियो। त्यसपछि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए। 

त्यतिबेला विवादमा परेका खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउन लागिएको हो। 

राज्यव्यवस्था समितिको सभापतिबाट खतिवडाको राजिनामापछि उनको ठाउँमा सुनुवाइ समितिकी सभापति रहेकी कांग्रेसकै सांसद ईश्वरी न्यौपानेलाई लगिएको थियो।

शुक्रबार सुनुवाइ समितिको सभापतिको निर्वाचन हुँदैछ।   

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्