Kathmandu Press

चीन भ्रमण सकेर स्वदेश फर्किंदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गत शनिबारदेखि चीन भ्रमणमा थिए। बुधबार बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्। 
चीन भ्रमण सकेर स्वदेश फर्किंदै प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ १८ : प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गत शनिबारदेखि चीन भ्रमणमा थिए। बुधबार बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्। 

Hardik ivf

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली आजै साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन्। 

 चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए। 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, भदौ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्