Kathmandu Press

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नजिक, ४४ लाख वढी संक्रमित 

काठमाडौं, जेठ १ : विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार १ सय ६५ पुगेको छ ।

....

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट ४४ लाख २९ हजार २३२ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये १६ लाख ५४ हजार ८८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ ।

Hardik ivf

उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ । संक्रमणबाट अमेरिकामा ८५ हजार १९७ को मृत्यु भएको छ भने १४ लाख वढी संक्रमित रहेका छन् । यसैगरी बेलायतमा २ लाख २८ हजार संक्रमित हुँदा ३३ हजार वढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख वढी संक्रमित हुँदा ३१ हजार वढीको मृत्यु भएको छ । पछिल्लो समय ब्राजिलमा मृतक र संक्रमितको संख्या वढिरहेको छ । ब्राजिलमा झण्डै संक्रमितको संख्या २ लाख पुग्दा मृतकको संख्या १३ हजार २ सय ४० पुगेको छ ।

यस्तै भारतमा ७८ हजार संक्रमित पुग्दा ज्यान गुमाउने संख्या २५ सय नाघेको छ । 
 
प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्