Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यो असहमति दुई उपाध्यक्षले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि नभई सदस्यता निर्णयसँग सम्बन्धित रहेको बताए।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल

काठमाडौं, भदौ १८ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यो असहमति दुई उपाध्यक्षले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि नभई सदस्यता निर्णयसँग सम्बन्धित रहेको बताए।

Hardik ivf

‘केन्द्रीय कमिटीको बैठकमा केही फरक मतहरू प्रस्तुत भएका थिए,’ पोखरेलले भने, ‘पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किनु हुँदैन र उहाँको सदस्यता नविकरण अस्वीकृत गर्नुपर्छ भन्ने विषयमा दुई उपाध्यक्षले फरक धारणा दिनुभएको हो।’

महासचिव पोखरेलले कसलाई पार्टी सदस्यता दिने वा नदिने भन्ने निर्णय विधान महाधिवेशनको दस्तावेजको विषय नभई सामान्य संगठनात्मक निर्णय भएकाले, त्यस विषयमा उठेको फरक मतलाई विधान महाधिवेशन वा राष्ट्रिय महाधिवेशन कुन तहमा छलफल गर्ने भन्ने निर्णय सचिवालय बैठकले गर्ने बताए।

‘कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्तावेजको विषय होइन। यसअर्थ यो निर्णयमाथिको फरक मत हो। निर्णयमाथिको फरक मत चाँही विधान महाधिवेशनमा छलफल गर्ने की राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने विषय सचिवालयको बैठकले निरुपण गर्ला,’ उनले भने।

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिइने निर्णयलाई लिएर पार्टीभित्र विवाद देखिएको छ। यद्यपि, महासचिव पोखरेलले यो विषयले विधान महाधिवेशनको मूल बहसलाई प्रभावित नगर्ने बताएका छन्।
 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, भदौ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्