एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा असहज वातावरण बनेको बताएका हुन्।-1756893712.png)
काठमाडौं, भदौ १८ : नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा असहज वातावरण बनेको बताएका हुन्।
‘स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधि जारी गरेको छ । सो कार्यविधिले गर्दा परोपकारी संस्थाहरु, स्थानिय सरकार र अन्य संस्थाहरुले एम्बुलेन्स सेवा सञ्चालन गर्न रोक लगाएको छ,’ उनले भने, ‘लामो समयदेखि नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था छैन । दुरदराजमा सेवा दिएका एम्बुलेन्सहरु चल्न पाएका छैनन्।’
उनले कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरुलाई रोक लगाउँदा अनावश्यक आयातलाई प्रोत्साहन गर्ने समेत बताए।
‘३ हजारभन्दा बढी एम्बुलेन्स थन्किएका छन्। त्यसका चालकहरु बेरोजगार भएका छन्। कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरुलाई पनि सञ्चालन गर्न नदिएकोले अनावश्यक आयातलाई प्रोत्साहन गर्ने देखिएको छ,’ उनले भने।
नेता शर्माले जताततै आन्दोलन भइरहँदा एम्बुलेन्स सञ्चालकहरु पनि आन्दोलनमा आउन सक्ने बताए












