नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अन्तिम चरणमा
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोपमा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा दर्ता भएको छ।
काठमाडौं, भदौ १८ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा काठमाडौ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अन्तिम सुनुवाई शुरु भएको छ।
अन्तिम सुनुवाई सकिएपछि फैसला आउने छ। बुधबार जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाई चलिरहेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोपमा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा दर्ता भएको छ।
शुरुमा २०८० साल जेठ १० गते अभियोगपत्र दर्ता भएको थियो । पीडितको जाहेरीको आधारमा केशवप्रसाद दुलालसहित पाँच जनाविरूद्ध पुनः २०८१ वैशाख ९ गते पूरक अभियोग दर्ता भयो।
बेचन झा पक्राउ परेपछि उनीविरूद्ध २०८१ साउन २९ गते फेरी पूरक अभियोग दर्ता भएको थियो। उक्त मुद्दा अन्तिम चरणमा पुगेको हो।
अभियोगपत्रमा जिल्ला सरकारी वकीलले एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहाकार इन्द्रजित राई, पूर्वसभासद आङ्टावा शेर्पा, विचौलिया भनिएका बेचन झा लगायतलाई प्रतिवादी बनाएको छ।



-1771243509.jpg)








