अमेरिकाले फेरि ३७ नेपालीलाई गर्यो डिपोर्ट, चार्टर विमानमार्फत काठमाडौं ल्याइँदै
डिपोर्ट गरिएका ३७ नेपाली बिहीबार बेलुकी ५ बजे काठमाडौं आइपुग्ने छन्। यसअघि पनि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए।
काठमाडौं, भदौ १८ : संयुक्त राज्य अमेरिकाले फेरी ३७ जना नेपालीलाई डिपोर्ट गरेको छ। उनीहरूलाई चार्टर्ड विमानमार्फत बिहीबार काठमाडौं ल्याएर छोड्दै छ।
डिपोर्ट गरिएका ३७ नेपाली बिहीबार बेलुकी ५ बजे काठमाडौं आइपुग्ने छन्। यसअघि पनि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए। त्यतिबेला पनि अमेरिकाले चार्टर्ड विमानमार्फत नै नेपाल पठाएको थियो।
अमेरिकामा डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपति भएयता हालसम्म २१५ जना नेपाली डिपोर्ट भई नेपाल फर्काइएका छन्। ट्रम्पले राष्ट्रपति हुने बेला आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए।
अमेरिकामा बस्नका कानुनी आधार स्थापित गर्न नसक्ने नेपाली नागरिकलाई डिपोर्ट गरिँदै आएको छ । सन् २०२४ मा अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो।
विशेषगरी अवैधबाटोबाट अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन्। ट्रम्प निर्वाचित भएपछि अवैध रुपमा अमेरिकामा बसेबास गर्दै आएका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरिएको थियो। जस्मा एक हजार ३६५ नेपाली थिए।











-ink-1744291933.jpeg)
