Kathmandu Press

रास्वपा र राप्रपाले बैठक बहिस्कारलाई निरन्तरता

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले नियमित कार्यक्रम सुरु गर्ने वित्तिकै हुनेवित्तिकै दुवै दलका सांसदहरुले उठेर विरोध गरेका थिए। 
रास्वपा र राप्रपाले बैठक बहिस्कारलाई निरन्तरता

काठमाडौं, भदौ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार पनि संसद बैठक बहिस्कार गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले नियमित कार्यक्रम सुरु गर्ने वित्तिकै हुनेवित्तिकै दुवै दलका सांसदहरुले उठेर विरोध गरेका थिए। 

त्यसपछि सभामुख घिमिरेले रास्वपाबाट हरि ढकाल र राप्रपाबाट ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिएका थिए। उनीहरुले आफ्नो भनाई राखेपछि दुवै दलका सांसदहरुले बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका छन्। 

उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन्। 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, भदौ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्