विज्ञहरु भन्छन्– चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भयो
कार्यक्रममा विज्ञहरूले एससिओमा दुई छिमेकी मुलुकहरु चीन र भारत नजिकिएपछि विश्व शक्ति एसियामा केन्द्रित भएको टिप्पणी गरेका छन्।
काठमाडौं, भदौ १८ : चीनमा सम्पन्न सांघाई सहयोग संगठन (एससिओ) सम्मेलन सम्पन्न भएका छ।
सम्मेलनमा प्रधानमन्त्री केपी ओलीको सहभागिता तथा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा एक अन्तक्र्रिया कार्यक्रममा गरेको छ।
कार्यक्रममा विज्ञहरूले एससिओमा दुई छिमेकी मुलुकहरु चीन र भारत नजिकिएपछि विश्व शक्ति एसियामा केन्द्रित भएको टिप्पणी गरेका छन्।
कार्यक्रममा अस्ट्रेलियाका पूर्व नेपाली राजदूत महेशराज दाहालले प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समय क्रममा बताए। उनले भारत र चीनको एकतामा रुस पनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उल्लेख गरे।
यस्तै, जापानका लागि नेपालका पूर्व राजदूत डा. विष्णुहरि नेपाल, एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने विश्वास व्यक्त गरे।
एमालेका विदेश विभाग सदस्य गोपाल खनालले प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अडान लिएका बेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दुःखद भएको बताए । उनले प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको बताए।
नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेको द्वन्द्व विशेषज्ञ डा. विष्णुराज उप्रेतीले उल्लेख गरे। उनले नेपालले कूटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कूटनीतिक क्षेत्रमा कोशे ढुङ्गा साबित भएको उल्लेख गरे।












