Kathmandu Press

संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री गुरुङ

उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए। 
संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री गुरुङ

काठमाडौं, भदौ १६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्रै सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन्। 

हुलाक सेवा विभागको वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए। 

Hardik ivf

‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला, म पनि भर्खर चारपाँच वर्षको थिए होला। त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला। म जन्मेको सालको कानून अहिलेसम्म थियो,’ उनले भने, ‘रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायतको कानूनहरु सबै पुरानो राजा महेन्द्रको पालाको कानून हो। यस्तो कानूनबाट सञ्चार क्षेत्रको विकास संभव थिएन्,’ उनले भने,‘त्यसैले २०८१।८२भित्र कानून संशोधन गर्न सक्छु भनेको थिएँ। तर त्यहाँभित्र धेरै बाधा हुँदोरहेछ । मैले सोचे अनुसार गाडी चलेन । चाहेको जस्तो काम हुन सकेको छैन।’

यस्तै, उनले सरकार र राज्यको ध्यान नगएपनि विरासतको हिसाबले हुलाक क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै अब यसको अवस्था परिवर्तन गर्नुपर्ने बताए। 

‘पहिलादेखि सरकार र राज्यको एकदमै ध्यानमा नपरेको ठाँउ हुलाक हो। तर विरासतका रुपमा हेर्ने हो भने एकदमै महत्वपूर्ण क्षेत्र हो। त्यसकारण यसलाई समयमा परिवर्तन गर्नुपर्छ र हुन्छ पनि। हामीले कोशिस गर्ने हो भने,’ उनले भने।
 

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, भदौ १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्