Kathmandu Press

बिरामीको हातबाट जुस पिएर डा.केसीले तोडे अनसन 

डा.केसीले कैलालीको गेटा अस्पतालमा अनशन शुरु गरेका थिए। उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो अनशन तोडेका हुन्। 
बिरामीको हातबाट जुस पिएर डा.केसीले तोडे अनसन 
फाइल तस्बिर।

कैलाली, भदौ १७ : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि डा. गोविन्द केसीले मंगलबार अनशन तोडेका छन्।

डा.केसीले कैलालीको गेटा अस्पतालमा अनशन शुरु गरेका थिए। उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो अनशन तोडेका हुन्। 

स्वास्थ्यमा समस्या देखिए पनि अनशन बसेको बेला उपचार गर्न उनले अस्विकार गरेका थिए। निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै डा.गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका थिए। 

केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए। 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, भदौ १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्