Kathmandu Press

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट 

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबीचको वार्ताको क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो।
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट 

काठमाडौं, भदौ १७ : एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबीचको वार्ताको क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो।

सोही क्रममा प्रधानमन्त्री ओलीले भेट भएको कुरामा खुसी व्यक्त गरेका छन्। उनले सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएपनि रसियन प्रधानमन्त्री नेपाल भ्राणमा नआएको आउने नगरेको गुनासो पनि गरेका छन्। 

‘मलाई थाहा भएसम्म पछिल्लो समय थाहा छैन के भएर हो तर कुनै पनि रसियन प्रधानमन्त्री र मान्य व्यक्तिहरु नेपाल भ्राणमा आएको थाहा छैन,’ उनले भने, ‘यद्यपि नेपालको तर्फबाट म १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिएँ।’ 

प्रकाशित मिति: ०७:१५ बजे, मंगलबार, भदौ १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्