Kathmandu Press

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

मंगलबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति गरि दुई समितिको बैठक बस्न लागेको हो। 
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

काठमाडौं, भदौ १७ : आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो। 

आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको  २ बजे बस्ने तय भएको छ। 

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ। 

प्रकाशित मिति: ०८:०३ बजे, मंगलबार, भदौ १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्