कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए : मन्त्री पौडेल
उनले आजको जलवायु परिवर्तन र पर्यावरणिय प्रदूषणका कारण मानिस गाँउ फर्किनुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै त्यसको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुराको विकास गाँउमा पनि गर्नुपर्ने बताए।-(18)-1756741219.jpg)
काठमाडौं, भदौ १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए।
‘पहाडबाट पलायन भएको जनशक्ति अथवा नागरिकलाई उतैतिर फर्काउने अवस्था कसरी निर्माण गर्न सकिन्छ। मेरो विचारमा कृषिसँगको सम्बन्धले हाम्रो गाँउ बस्तीहरु जनसांखिक हिसाबले सम्पन्न थिए,’ उनले भने, ‘कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले हाम्रा गाँउ बस्तीहरु रित्तिदै गएको अवस्था सिर्जना भएको छ।’
उनले आजको जलवायु परिवर्तन र पर्यावरणिय प्रदूषणका कारण मानिस गाँउ फर्किनुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै त्यसको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुराको विकास गाँउमा पनि गर्नुपर्ने बताए।
‘हाम्रो समृद्धिको आधार पनि कृषि नै हो। त्यसैले आधुनिक कृषि प्रणाली पहाडमा कसरी विकास गर्ने, आजको यो जलवायु परिवर्तन अथवा पर्यावरणिय प्रदूषणले गर्दा हामी फेरि फर्किने गाँउ तिरै हो,’ उनले भने, ‘सहरमा धेरै बसिन्छ जस्तो लाग्दैँन् तर हामी त्यता फर्किनको लागि शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुरामा विकास गरेको हुनुपर्छ।’



-1771243509.jpg)








