Kathmandu Press

नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा 

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध आयुष दाहालले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन्। 
नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा 

काठमाडौं, भदौ १६ : माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना गरेको आरोपमा मुद्दा दर्ता भएको छ। 

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध आयुष दाहालले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन्। 

Hardik ivf

श्रेष्ठविरुद्ध अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरी अदालतको अवहेलना गरेको आरोप लगाइएको छ। 

पूर्वमन्त्री श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको दाबी अवहेलना निवेदनमा छ। 

श्रेष्ठलाई न्याय प्रशासन ऐन अनुरुप एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न निवेदकले माग गरेका छन्। 

सोही ऐनको दफा १७ उपदफा (५) मा माफी दिन सक्ने व्यवस्था समेत छ।

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, भदौ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्