Kathmandu Press

रुपन्देही–३मा एकीकृत समाजवादीबाट भुसालसहित सातजनाको नाम सिफारिस  

रुपन्देही–३मा एकीकृत समाजवादीबाट भुसालसहित सातजनाको नाम सिफारिस  

रुपन्देही, भदौ १६ : नेकपा एकीकृत समाजवादी रुपन्देही जिल्ला कमिटीले उपनिर्वाचनका लागि घनश्याम भुसालसहित सातजना उमेदवारको नाम सिफारस गरेको छ। 

पार्टीको जिल्ला कमिटी बैठकबाट महासचिव एवं पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सातजनाको नाम सिफारिस गरिएको हो। 

भुसाल उपनिर्वाचन हुन थालेको रुपन्देही– ३ बाट ०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

भुसालसँगै लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सहइन्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको छ। 

रुपन्देही–३ मा कात्तिक १७ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ। 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, भदौ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्