Kathmandu Press

प्रधानमन्त्री ओलीबाट सांघाई शिखर सम्मेलनलाई सम्बोधन

प्रधानमन्त्री ओलीले मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयलाई आफ्नो सम्बोधनमा प्राथमिकता दिएका थिए। 
प्रधानमन्त्री ओलीबाट सांघाई शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन, भदौ १६ : प्रधानमन्त्री केपी ओलीले सांघाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्।

प्रधानमन्त्री ओलीले मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयलाई आफ्नो सम्बोधनमा प्राथमिकता दिएका थिए। 

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन्। 

चीनका राष्ट्रपति सी जिङ पिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन पुगेका थिए।

चीनमा प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ता गरेका छन्। 
 
प्रकाशित मिति: १९:०९ बजे, सोमबार, भदौ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्