Kathmandu Press

गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग 

‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे। नकरात्मक गतिविधी हुने गरेको थियो। अहिले सुरक्षा बढेको छ। मन्दिरमा अहिले भजन किर्तन र पूजापाठ सबै बढेको छ,’ उनले भने।
गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग 

काठमाडौं, भदौ १६ : काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन्।

आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको बताए। 

‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे। नकरात्मक गतिविधी हुने गरेको थियो। अहिले सुरक्षा बढेको छ। मन्दिरमा अहिले भजन किर्तन र पूजापाठ सबै बढेको छ,’ उनले भने।

नेपाली कांगे्रस ७ नम्बर वडामा निर्वाचित भएपछि यो क्षेत्रलाई आवास योजना ल्याएर  व्यवस्थित गरेकोमा पाँच प्रतिशत जग्गा काटिएको उनले बताए। उनले व्यवस्थित गरेको ५ प्रतिशत जग्गामा खुल्ला क्षेत्र कायम हुनुपर्ने पनि बताए।

उद्यान उद्घाटन गर्न पुगेका सांसद गगन थापालाई उक्त क्षेत्रको जग्गा अतिक्रमण भएको गुनासो गर्दै चाँडो फिर्ता गर्ने वातावरण बनाउन माग समेत गरे। 

‘पन्चवर्षीय कार्ययोजनामा रहेको वातावरण, सम्पदा, स्वस्थ्य शिक्षालगायत अरु विकास निमार्णका कामहरु गरिरहेका छौं। कांगे्रस वडामा निर्वाचित भएपछि यस क्षेत्रलाई आवास योजना ल्याएर व्यवस्थित गरेका थियौं,’ उनले भने, ‘पाँच प्रतिशत जग्गा काटिएको थियो र खुल्ला क्षेत्र कायम हुनुपर्ने थियो। खुल्ला क्षेत्र मिसिंदै ६ रोपनी न्यूनतम हुनुपर्नेमा तीन रोपनी पनि छैन । सांसदबाट पनि जग्गा फिर्ता होस् भन्ने माग गरेका छौं।’
 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, भदौ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्