Kathmandu Press

पाकिस्तानमा एकैदिनमा दुई हजार कोरोना संक्रमित थपिए

पाकिस्तान, वैशाख ३१ : पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसँगै पाकिस्तानमा संक्रमितको संख्या ३४ हजारभन्दा ब....

पाकिस्तानमा एकैदिनमा दुई हजार कोरोना संक्रमित थपिए

पाकिस्तान, वैशाख ३१ : पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन्। योसँगै पाकिस्तानमा संक्रमितको संख्या ३४ हजारभन्दा बढी भएको छ।

पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले संक्रमितको संख्या एक्कासी बढेको अधिकारीहरुको भनाई छ। कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो।

Hardik ivf

पछिल्लो समयमा दुई हजार २५५ जना नयाँ संक्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण पाकिस्तानमा थप ३१ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ७३७ पुगेको छ। 

पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३३६ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन्। पञ्जावमा कुल १३ हजार २२५ जना संक्रमित छन् भने दोस्रो धेरै संक्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६१० जना रहेका छन्।   

त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १५८ जना, इस्लामावादमा ७५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमित मध्ये आठ हजार ८१२ जना संक्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। अघिल्लो हप्तादेखि संक्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै बृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरुको भनाई छ।

लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उलंघन हुनु लगायतका कारणले संक्रमितको संख्या बढ्दै गएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्