Kathmandu Press

झुट्टा बिल र प्रतिवेदन खडा गरी विद्यालय भवनमा भ्रष्टाचार 

आरोपपत्रमा तत्कालीन जिल्ला शिक्षा अधिकारी, लेखा अधिकृत, लेखापाल, सव–इन्जिनियर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित ११ जनालाई सजायका लागि प्रतिबादी कायम गरिएको छ। 
झुट्टा बिल र प्रतिवेदन खडा गरी विद्यालय भवनमा भ्रष्टाचार 

काठमाडौं, भदौ १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको श्री लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपसहितआइतबार ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धानबाट भवन निर्माणमा ३० लाख लागतमा सम्झौता भए पनि करिब २ लाख ७२ हजार बराबरको मात्र काम भएको देखिएको छ। झुट्टा बिल र प्रतिवेदनमार्फत बाँकी रकम हिनामिना गरी भुक्तानी गरिएको भेटिएको छ

Hardik ivf

आरोपपत्रमा तत्कालीन जिल्ला शिक्षा अधिकारी, लेखा अधिकृत, लेखापाल, सव–इन्जिनियर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित ११ जनालाई सजायका लागि प्रतिबादी कायम गरिएको छ। 

अख्तयारले जनाए अनुसार २०७१–०७२ मा विद्यालयको ४ कोठे आरसिसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय खोटाङ र विद्यालयबिच ३० लाख रुपियाँ लागत अनुमानमा सम्झौता भएको थियो। 

सम्झौताअनुरूप काम नगरी रकम निकासा गरिएको अनुसन्धानले देखाएको छ। स्थलगत नापजाँचमा दुई लाख ७२ हजार रुपियाँ बराबरको मात्र काम भएको देखिएको छ। 

भ्रष्टाचारमा तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराई, अधिकारीद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सब–इन्जिनियर शिवराज राई, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पृथ्वी दाहाल र शेषकुमार पौड्याल, प्रधानाध्यापकद्वय राजेन्द्रप्रसाद दाहाल र ऋषिराम पोखरेल, प्रधानाध्यापक नयनकुमार राई, लेखापाल सीता कार्की तथा भवन निर्माणको जिम्मेवारी लिएका अर्जुन तामाङ संलग्न रहेको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप उनीहरुबाट विगो असुल गरी जेल सजायको माग गरिएको छ। 

आयोगले सो प्रकरणमा करिब एक करोड रुपियाँभन्दा बढी बिगो कायम भएको र गैरकानुनी लाभ लिन आपसी मिलेमतो देखिएकाले सबै प्रतिवादीविरुद्ध कानुनबमोजिम कडा सजाय माग गरिएको जानकारी आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिए। 

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्