सशस्त्रका एसपी र डीएसपीसहित १६ जनाको जिम्मेवारी खोसियो
प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमान्डरबाट फिर्ता गरी सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई खटाइएको छ।
काठमाडौं, भदौ १५ : सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा भन्सारको कार्यसम्पादनमा कमजोरी देखिएछि एसपी र डीएसपीसहित १६ जना प्रहरी अधिकृतहरुको जिम्मेवारी खोसेको छ। उनीहरुलाई सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएको थियो।
राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि जिम्मेवारीबाट हटाएर नयाँलाई पठाइएको हो। यसरी जिम्मेवारीबाट हटाइनेमा १ एसपी, १ डीएसपी, ७ इन्सपेक्टर, ६ सई र १ असई छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमान्डरबाट फिर्ता गरी सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई खटाइएको छ।
यता, पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहनराम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तको पनि जिम्मेबारी खोसिएको छ।
यस्तै, बारास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीको पनि जिम्मेबारी खोसिएको छ।
जिम्मेबारी खोसिनेमा पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओली पनि परेका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा इलाकामा कार्यरत कमान्डरहरूलाई मुख्यालयबाट समेत सुक्ष्म रुपमा निगरानी बढाएको जनाएको छ।












-ink-1744291933.jpeg)