Kathmandu Press

परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा 

यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन्। 
परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा 

काठमाडौं, भदौ १५ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन्। मन्त्री डा. राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन्। 

यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन्। 

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ। विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ। 

Hardik ivf

Photo-(8)-(17)-1756621634.jpg

उनले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक गौरव भएको र आफू प्रत्येक वर्ष निष्ठापूर्वक ब्रत बसी गौरा पूजा गर्ने गरेको बताइन । मन्त्री डा. राणाले गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने पनि बताइन्। 

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरु निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन्। 

Photo-(10)-(23)-1756621595.jpg

गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ। 

गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रुपमा मनाउने गरिन्छ।

 

Photo-(5)-(29)-1756621634.jpg

 

Photo-(9)-(13)-1756621594.jpg

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्