Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए । 
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ, भदौ १५ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । 

पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए । 

Hardik ivf

बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन,  प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ । 

बैठक पश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, भदौ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्