Kathmandu Press

पूर्वराष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा हाे : महासचिव पोखरेल 

उनले राष्ट्रपति र उपराष्ट्रपति सेवाबाट हटेपछि राजनीतिमा आउनुहुँदैन भन्ने पार्टी निर्णय कायम रहुन्जेलसम्म सदस्यको विषय सान्र्दभिक नहुने बताए। 
पूर्वराष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा हाे : महासचिव पोखरेल 

काठमाडौं, भदौ १४ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन्। 

शनिबार नेकपा एमाले गोदावरी नगर कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा भएको बताएका हुन्। 

Hardik ivf

‘सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएपछि उनीहरुको सुरक्षाको जिम्मा प्रहरीले लिन्छ, भूतपूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सुरक्षा नेपाल प्रहरीले गर्छ तर भूतपूर्व राष्ट्रपति र उपराष्ट्रपतिको सुरक्षामा नेपाली सेना छ। दलिय राजनीतिमा एउटा नेता सेनाको सुरक्षामा अर्को नेता सामान्य प्रहरीको सुरक्षामा रहने कुराको अन्तर एउटै हुन्छ र?,’ उनले भने, ‘त्यसअर्थमा राष्ट्रपतिलाई जुन भूमिकामा राखेका छाँै, हाम्रो पार्टीले जे निर्णय गरेको छ त्यो निर्णय नेपालको संवैधानिक व्यवस्था र हाम्रो आफ्नो लोकतन्त्रप्रति निष्ठाको परिणाम हो भन्ने बुझ्नुपर्छ।’

उनले राष्ट्रपति र उपराष्ट्रपति सेवाबाट हटेपछि राजनीतिमा आउनुहुँदैन भन्ने पार्टी निर्णय कायम रहुन्जेलसम्म सदस्यको विषय सान्र्दभिक नहुने बताए। 

‘बिषयलाई हामीले बुझ्नुपर्छ, पूर्व ाष्ट्रपतिको सन्र्दभमा पार्टीले गरेको निर्णय के हो, त्यसलाई जस्ताको त्यस्तै बुझ्नुपर्दछ,’ उनले भने, ‘जहाँसम्म पूर्वराष्ट्रपति सामाजिक जिवनमा सक्रिय रहन पान्इछ, राजनीतिकरुपमा चाँसो चिन्ता प्रकट गर्न पाइन्छ।’ 
 

प्रकाशित मिति: २१:२८ बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्