Kathmandu Press

जापानी आक्रमणविरुद्ध र विश्व फासिष्टविरुद्दको युद्धमाथिकाे विजयाेत्सव चीनयाँ जनताले किन मनाउनुपर्दछ?

अन्तत: अन्धकार माथि उज्यालोको, प्रतिगमन माथि प्रगतिको विजय भयो। आफ्नो लाशबाट "ग्रेट वाल" निर्माण गर्न पनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो।  
जापानी आक्रमणविरुद्ध र विश्व फासिष्टविरुद्दको युद्धमाथिकाे विजयाेत्सव चीनयाँ जनताले किन मनाउनुपर्दछ?

काठमाडाैं, भदाै १४ : चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुन: नदोहोर्याउनका निम्ति हो।

सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ् राजवंशको शासनका कारण चिनियाँ  जनताले अति ठुलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहीँ देखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय  सुरु भएको थियो। त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो। सन् १८९४ मा जापानी प्रतिगामीहरुले आक्रमण  गरी चीनको थाइवान् र फङ् ह द्वीपसमूह माथि कब्जा जमायो । 

१९०० मा अरु विदेशी आक्रमणकारीहरु सँगै पेइचिङ्ग मा आक्रमण गरे; १९०४ मा जापान रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भूभाग माथि अतिक्रमण गर्यो ; १९१४ मा छीङ्ग ताओ शहरमा आक्रमण गरी कब्जा जमायो; १९१५ मा चीनको अधिकार हनन हुने "एक्काइस दाबी" प्रस्तुत गर्यो।

Hardik ivf

१९३१ मा चिनियाँ सेना र जापानी सेना बिच द्वन्द हुने " सेप्टेम्बेर १८ " घटना घटाएर चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरी कब्जा जमायो, १९३५ मा मध्य उत्तर चीन घटना र १९३७ जुलाई ७ मा यु यान् फीङ् काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुल माथि आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ गर्यो। त्यसवेला उनीहरुले पुरै चीनलाई उपनिवेश बनाई त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रनमा लिई विश्व शक्ति बन्ने सपना देखेका थिए।  यी शृङ्खलाबद्ध असभ्य जङ्गली कार्यहरुले गर्दा चिनियाँ जनता माथि अभूतपुर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य सारस पनि जगायो। 

देश र जाति जीवन मरणको दोसाँधमा पुगेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सहि रणनीति एवं रणकौशल द्वारा  जापानी आक्रमण विरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधयुघ लाई दिशा निर्देश गर्यो।  सम्झौता , विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध, एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जातिको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो।  

त्यसबेला सोभियत सङ्घ, अमेरिका, कोरिया, भियतनाम, क्यानाडा, भारत, न्युजिल्याण्ड, पोल्याण्ड, डेनमार्क, अष्ट्रिया, रोमानिया, बुल्गेरिया आदि देशका फासिस्ट विरोधी योद्धाहरुले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्ष रुपमा सम्मिलित  भएर चीनलाई अति बहुमुल्य समर्थन र सहयोग दिएका थिए। त्यसबखत नेपाली विरहरु पनि युरोप , उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलहरुमा सहयोगी सेनाहरु सँग  मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए। 

केही दिनअघि मात्र मैले नेपालस्थित ब्रिटिश राजदुतावासले जापानी सेनाले सहयोगी सेना समक्ष आत्मसमर्पण गरेपछि जपन माथि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ।  पोखरा ब्रिटिश गोर्खाली सेनाले परेडको पनि आयोजना गरेको थियो।

दोस्रो विश्व युद्धको समयमा ब्रिटिश सेनामा  नेपाली गोर्खाली सेनाले बर्मा युद्धस्थलमा चिनियाँ सेना सँग एक साथ मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याएको कुरा सुनेर म अति प्रभावित भएको छु। यो सत्यवाद र विश्वशान्तिका निम्ति नेपालले पुर्याएको अद्वितीय योगदान हो, साथै चिनियाँ र नेपाली जनताले आलो  रगतको माध्यमबाट गाँसको अनमोल मैत्री पनि हो।  

धेरै वर्षको रक्तपातपुर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनता सँगै चिनियाँ जनताले फासिष्हटरुलाई पूर्णरुपले परास्त परे, जापानी सैन्यवादी आक्रमणकारीहरुलाई पूर्णरुपले पराजित गरे।  चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिष्टहरु विरुद्धको युद्धमा महान् विजय प्राप्त भयो।  

अन्तत: अन्धकार माथि उज्यालोको, प्रतिगमन माथि प्रगतिको विजय भयो। आफ्नो लाशबाट "ग्रेट वाल" निर्माण गर्न पनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो।  
 
 कहालीलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध सन्देश 
 
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको स्पिरिट हो जापानी आक्रमण विरुद्धको युद्धको क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको स्पिरिटको विकास भयो। 

चिनियाँ जनताले विश्व समक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेदारी रहेको हुन्छभन्ने राष्ट्रवाद, मरणलाई आफ्नो अन्तिम गन्तब्य सम्झेर मर्न परे पनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचार सँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने जति दुख सहनु परे पनि नछोड्ने विजय प्रतिको आत्मविश्वास प्रस्तुत गरे।

फासिष्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनता सवै जुक्ति सोचे, तर कहिले पनि आत्मा समर्पण गर्ने सोचेनन्।
 

प्रकाशित मिति: २०:५६ बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्