Kathmandu Press

चिनियाँ राष्ट्रपतिसँग ओलीले उठाए लिपुलेकको विषय

भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ। 
चिनियाँ राष्ट्रपतिसँग ओलीले उठाए लिपुलेकको विषय

काठमाडौं, भदौ १४ : प्रधानमन्त्री केपी ओलीले आज भएको चीनका राष्ट्रपति सी जिन पिङसँगको भेटमा लिपुलेकको विषय उठाएका छन्। 

दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए। जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो।

Hardik ivf

भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ। 

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा समेत राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दि । 

सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको  ।
 
प्रकाशित मिति: १८:५६ बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्