Kathmandu Press

‘विभिन्न जातजाति र समूदायप्रति जनयुद्धको बेला जस्तो  सम्बन्ध प्रगाण छैन’

अध्यक्ष दाहालले जनवर्गीय समुदायसँगको सम्बन्धका बारेमा आत्मसमिक्षा गर्ने पार्टी माओवादी मात्र रहेको भन्दै वर्गप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्ने बताए। 
‘विभिन्न जातजाति र समूदायप्रति जनयुद्धको बेला जस्तो  सम्बन्ध प्रगाण छैन’

काठमाडौं, भदौ १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलित, आदीवासी, जनजाती, मधेशी, थारु, मजदुर किसानको सम्बन्धलाई माओवादी पार्टीले लुज गरेको स्वीकार गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले दलित, आदीवासी, जनजाती, मधेशी, थारु, मजदुर किसानको सम्बन्ध जनयुद्धको बेलाको जस्तो प्रगाण नभएको बताएका छन्। 

Hardik ivf

‘दलित समुदायको मात्र होइन, आदीवासी जनजातीको कुरा पनि महिलाहरुको कुरामा पनि, मधेशी, थारु, मजदुर किसानको कुरामा हामी अलिकति त्यो वर्गसँगको सम्बन्धलाई माओवादी पार्टीले पनि थोरै लुज गरेकै हो, लुज भयो,’ उनले भने, ‘हाम्रो सम्बन्ध जनयुद्धको बेलाको जस्तो प्रगाण नङमासुको जस्तो, पानीमाछाको जस्तो अलि भएन।’

अध्यक्ष दाहालले जनवर्गीय समुदायसँगको सम्बन्धका बारेमा आत्मसमिक्षा गर्ने पार्टी माओवादी मात्र रहेको भन्दै वर्गप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्ने बताए। 

‘कोही पानीभित्र डुबिएला कि भनेर छटपटि भइरहने, केही पानी बाहिर मर्ने होकी भनेर छटपटिने जस्ता स्थिति पनि नभएका होइन। तर माओवादी मात्र त्यस्तो पार्टी हो जसले त्यो बिषयमाथि आत्मसमिक्षा गर्ने आँट गर्यो,’ उनले भने, ‘एउटा वर्गप्रति समुदायप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्नु, गल्ती भयो भन्छ।’ 
 

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्