Kathmandu Press

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, भदौ १४ : प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो। 

भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ। 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, भदौ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्