Kathmandu Press

कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल

नेपालले अहिलेको सरकार सुशासन होइन, लुटतन्त्रलाई संरक्षण गर्ने दिशामा अगाडि बढेको दाबी गर्दै त्यसविरुद्ध एकीकृत समाजवादी पार्टी निरन्तर विरोध र भण्डाफोरमा लागेको बताए।
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल

काठमाडौं, भदौ १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमाथि तीव्र आलोचना गर्दै ‘लुटतन्त्रको संरक्षणमा जुटेको’ आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादी मजदुर जिल्ला कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हालको सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरु अघि बढाएको आरोप लगाए।

Hardik ivf

‘अहिलेको सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनिए पनि यसको प्रवृत्ति दक्षिणपन्थी अवसरवादी छ,’ उनले भने, ‘क्रान्तिकारी सिद्धान्त समाप्त पार्ने, दलाल पूँजीपतिहरुको सेवा गर्ने, विचौलियाको पक्षपोषण गर्ने, दलालीको काम गर्नेहरुलाई साथ दिने काम भइरहेको छ।’

नेपालले अहिलेको सरकार सुशासन होइन, लुटतन्त्रलाई संरक्षण गर्ने दिशामा अगाडि बढेको दाबी गर्दै त्यसविरुद्ध एकीकृत समाजवादी पार्टी निरन्तर विरोध र भण्डाफोरमा लागेको बताए।

उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे।
‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेकोर र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं,’ उनले भने, ‘वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं।’

 

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्