Kathmandu Press

चीन पुगे प्रधानमन्त्री ओली, आजै चिनियाँ राष्ट्रपतिसँग भेट्ने

प्रधानमन्त्री ओलीले थ्येनचिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ।
चीन पुगे प्रधानमन्त्री ओली, आजै चिनियाँ राष्ट्रपतिसँग भेट्ने

काठमाडौं, भदौ १४ : प्रधानमन्त्री केपी ओली चीन पुगेका छन्। एससीओ शिखर सम्मेलनमा भाग लिन शनिबार दिउँसो ओली चीनको थ्यानचिन पुगेका हुन्।

ओली शनिबार दिउँसो थ्येनचिन पिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर १ तारिखसम्म थ्येनचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका हुन्। 

चीनका राष्ट्रपति सी जिङ पिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शनिबार विहान चीनतर्फ उडेका थिए। 

प्रधानमन्त्री ओलीले थ्येनचिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ।

ओलीले सेप्टेम्बर १ मा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नेछन्। 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, भदौ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्