Kathmandu Press

‘राष्ट्रलाई केन्द्रविन्दुमा राखेर सोच्न जरुरी, प्रेसले प्रदूषण सफा गर्नुपर्छ’

अध्यक्ष नेपालले समाज, राजनीति र सञ्चारजगतमा फैलिरहेको विकृति–विसंगतिका विरुद्धमा व्यापक सामाजिक रूपान्तरणको अभियान चलाउनुपर्नेमा जोड दिए।
‘राष्ट्रलाई केन्द्रविन्दुमा राखेर सोच्न जरुरी, प्रेसले प्रदूषण सफा गर्नुपर्छ’

काठमाडौं, भदौ १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितलाई केन्द्रमा राखेर फराकिलो सोचसहित अघि बढ्न सबैलाई आग्रह गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाज, राजनीति र सञ्चारजगतमा फैलिरहेको विकृति–विसंगतिका विरुद्धमा व्यापक सामाजिक रूपान्तरणको अभियान चलाउनुपर्नेमा जोड दिए।

‘सानो चित्त नराखिकन राष्ट्रलाई केन्द्रविन्दुमा राखेर हामी सबैले सोच्न सक्नुपर्दछ,’ उनले भने, ‘यो फराकिलो सोच र मानसिकताको आवश्यकता हो, जसको अहिले अभाव खड्किरहेको छ।’

राजनीतिमा फैलिएको प्रदूषणको सफाइमा प्रेसको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपालले भने, ‘मुल ठाउँबाटै सबै कुरा प्रदूषित भयो भने प्रदूषणको स्थिति बन्ने गर्छ । अरुले प्रदूषण सफा गर्दैमा समय बित्ने स्थिती रहन्छ। यो प्रदूषण सफा गर्ने जिम्मेवारी प्रेस जगतको पनि हो।’

उनले विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने, जनतामा आत्मविश्वास पैदा गर्ने र निराशा चिर्ने काममा प्रेसले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। उनले  सबै आशावादी पत्रकारिताको पक्षमा रहेको समेत बताए।

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, भदौ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्