बालेनले गरे महानगर प्रहरीको तारिफ
मेयर बालेनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए।-1756540488.jpg)
काठमाडौं, भदौ १४ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ३३औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरुमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए।
‘आफूले गरिरहेको कतिपय कामहरु याद पनि नहुँदो रहेछ। आज यहाँ सबै कुराहरु हेर्दा खुशी पनि लाग्यो। महानगरपालिकाको आफ्नो पहिचानमध्ये नगर प्रहरी बलको योगदान पनि एक हो,’ उनले भने, ‘काठमाडौं महानगरपालिका ७५३ पालिकाको राजधानी हो र यो राजधानी हुनुमा नगर प्रहरीको धेरै ठूलो योगदान छ। धेरै ठाँउहरु, पालिकाहरु छन्, जसले काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहन्छन्।’
मेयर बालेनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए।
‘सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि तपाईहरुको उल्लेख्य योगदान छ,’ उनले भने, ‘काम हेर्दा कहिलेकाही सिनेमा हेरेजस्तो लाग्छ। एकदम राम्रो भएको छ। तपाईहरुले गर्नु भएको काम उदाहरण बन्न सक्नुपर्छ।’
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर प्रहरी नागरिकहरुसँग हरेक सुख–दुःख विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको भन्दै जनताको सबैभन्दा नजिक रहने संस्था नै नगर प्रहरी भएको बताइन्।












