Kathmandu Press

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं, भदौ १४ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन्।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा जिम्मेवारी तोकेको जनाएको छ।
 

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, भदौ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्