Kathmandu Press

‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’

नले काग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभाइदिने सोच देखिएको भन्दै पार्टीलाई कमजोर बनाउने सोच स्वीकार गर्न नसकिने बताए।
‘अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ’

काठमाडौं, भदौ १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन्। 

शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा उनले काग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभाइदिने सोच देखिएको भन्दै पार्टीलाई कमजोर बनाउने सोच स्वीकार गर्न नसकिने बताए।

‘जो विकासको बाधक हुन्छ त्यही हुन्छ शत्रु हो। एउटा कम्युनिष्ट पार्टीको लागि समस्या कथित कम्युनिष्ट पार्टीको नेता आफैं हुने गरेका छन् । कसै कसैलाई के लागेको छ भने कांग्रेसलाई कसरी शत्रु बनाउने अनि हाम्रो पार्टीलाई टाढा बनाइदिने, माओवादीसँग दोस्ती तोड्ने, हाम्रो पार्टीलाई एक्लै उभाइदिने र पार्टीलाई कमजोर बनाउने सोच गलत छ। पार्टीलाई खतम बनाउने सोचलाई स्वीकार गर्न सकिँदै,’ उनले भने।

अध्यक्ष नेपालले राजावादीहरुको मनोबल बढिरहेका बेला समाजवादी मोर्चाले एक्लै आँट गरेर एकताबद्ध बाम घटक निर्माण गर्ने अभियानमा जुटेको बताए। 
 

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्