नेपाल–भारत सीमा विवादमा सरकार गम्भीर भएन : गौतम
‘भारतले कालापानी र लिम्पियाधुरा जबर्जस्ती कब्जा गरेको हो, त्यो हामीसँग प्रमाण छ,’ गौतमले भने, ‘सरकारले भारत र चीनका राजदूतलाई बोलाएर छलफल गर्नुपर्ने हो, तर अहिलेसम्म कुनै पहल देखिएको छैन।’-(6)-1756477127.jpg)
काठमाडौं, भदौ १३ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा सांसद बामदेव गौतमले नेपाल–भारत सीमा विवादमा सरकार गम्भीर नभएको बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा सरकारको उदासीनता उल्लेख गरे।
‘भारतले कालापानी र लिम्पियाधुरा जबर्जस्ती कब्जा गरेको हो, त्यो हामीसँग प्रमाण छ,’ गौतमले भने, ‘सरकारले भारत र चीनका राजदूतलाई बोलाएर छलफल गर्नुपर्ने हो, तर अहिलेसम्म कुनै पहल देखिएको छैन।’
गौतमले भारतले महाकाली नदीमा नक्कली मन्दिर बनाएको र त्यसैलाई वास्तविक महाकाली भनेर प्रचार गरेको आरोपसमेत लगाए।
‘भारतसँग भारत भन्ने प्रमाण छैन। भारत भनेको के हो त्यो प्रमाण छैन तर भारत भयो त्यहि हो प्रमाण। हाम्रो लिम्पियाधुरा हामीसँग छ त्यो हो प्रमाण । कालापानी हामीसित थियो त्यो जबरजस्ती कब्जा गरेको हो भारतले,’ उलने भने, ‘त्यो हामीसँग प्रमाण छ। भारतले महाकालीमा नक्कली मन्दिर र धारो बनाएर झुटो प्रचार गरिरहेको छ।’












