Kathmandu Press

अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्ने आदेश 

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 
अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्ने आदेश 

काठमाडौँ, भदौ १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। 

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

पाँडेमाथि एक महिलाले चरित्रहत्या हुने खालको शब्दहरू प्रयोग गरेर इमेल तथा ह्वाट्सएपमार्फत पठाएको भन्दै दिएको जाहेरी अनुरुप साइबर अपराधमा मुद्दा चलाइएको थियो । उनीसँगको बयान सकिएपछि आजै थुनछेक बहस सकिएको थियो। 

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पाँडेलाई बुधबार पक्राउ गरेको थियो। उनलाई अदालतले बिहीबार मात्रै चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न थुना म्याद दिएको थियो। 

वातावरणविद् भनेर चिनिने पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य छन्। रास्वपा सरकारमा रहेको बेला पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए।


 

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्