Kathmandu Press

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार किरणकुमार चेम्जोङको कप्तानीमा २३ सदस्यी टिम घोषणा गरेको छ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा

काठमाडौं, भदौ १३ : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार किरणकुमार चेम्जोङको कप्तानीमा २३ सदस्यी टिम घोषणा गरेको छ।

नेपालले भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशसँग २ खेल खेल्दैछ। 

मुख्य प्रशिक्षक म्याट रसले लओसमा एसियन कप छनोट खेलेको नेपाली टिममा केही परिवर्तन गरेका छन्। सिरियर टिमका केही खेलाडी यू–२३ टिममा पनि परेहकाले सिरिनयर टिममा केही पविर्तन भएको हो। 

अमित लामा र आदित्य शाक्य पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाँदा स्ट्राइकर समीर तामाङले पनि टिममा पुनरागमनको मौका पाएका छन्। विश्वकप छनोटको बहराइनविरुद्धको खेलमा डेब्यू गरेका उनी त्यसयता टिमबाहिर रहँदै आएका थिए।

नेपालको टोली : किरण चेम्जोङ (कप्तान), मणि लामा, मनिष डाँगी, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, रनदिप पौडेल, अनन्त तामाङ, अन्जन विष्ट, रोहन कार्की, रोहित चन्द, एरिक बिस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, सिर्जन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, लाकेन लिम्बु।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्