चीन जानुको उद्देस्य नेपालको हित प्रवद्र्धन : प्रधानमन्त्री
‘नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ। यहाँ जानुको उदेश्य नेपालको स्तर अभिवृद्धि गर्नु, नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट राख्नु र नेपालको हित प्रवर्द्धन गर्नु रहेको छ,’ प्रधानमन्त्री ओलीले भने।
काठमाडौँ, भदौ १२ : प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै यही भदौ १४ देखि १८ गतेसम्म आफू चीनको पाँचदिने भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।
उनले भ्रमणको उदेश्य सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु रहेको बताए। ओलीले सांघाई सहयोग संगठन सन् २००१ मा स्थापना गरिएको ठूला क्षेत्रीय संगठनमध्ये एक भएको जानकारी ओलीले गराए।
‘नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ। यहाँ जानुको उदेश्य नेपालको स्तर अभिवृद्धि गर्नु, नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट राख्नु र नेपालको हित प्रवर्द्धन गर्नु रहेको छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग आफूले भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रष्ट गरे।